शुक्रबार, चैत १६, २०८०

काठमाडौंको नरेफाँटमा नेचर सुपर मार्केटको पहिलो शाखा

नेपालखोज २०७७ माघ ४ गते १५:३६

काठमाडौं । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ भन्ने नाराका साथ सञ्चालनमा आएको नेचर सुपर मार्केट प्रा.लि. को पहिलो शाखा काठमाडौंको नरेफाँटमा खुल्ने भएको छ । प्रा.लि.का अध्यक्ष जनक धामीले आइतबार भूमि पूजा गरी शाखाको शिलान्यस गरेका छन् ।

गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा खोल्न लागेको अध्यक्ष धामीले जानकारी दिए । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा सञ्चालनमा आएको नेचर सुपरमार्केटको नरेफाँटा शाखा फागुनको अन्तिम सातासम्म सञ्चालनमा आइसक्ने अध्यक्ष धामीले बताए ।

बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराइरहेको धामीले बताए । ‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्याउनेछ,’ उनले भने ।

प्रा.लि. ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होमडेलिभरी सेवा उपलब्ध गराइरहेको छ । ‘२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिदमा निःशुल्क डेलिभरी सेवा प्रदान गरिरहेका छौं,’ धामीले भने । प्रा।लि।ले उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराइरहेको धामीले बताए । ‘नरेफाँट शाखाको उद्घाटन लगत्तै काठमाडौं उपत्यका भित्र अन्य ठाउँमा पनि सेवा विस्तार गरिनेछ,’ उनले भने ।

सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पुर्‍याउन प्रा.लि. सफल भएको सञ्चालक सदस्य तारामान धामीले बताए । सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया