सहमति पछि चिकित्सकको आन्दोलन स्थगित
नेपालखोज
२०७७ माघ ४ गते २०:३०
काठमाडौं । लामो समयदेखि स्वास्थ्यकर्मीलाई सुविधाको माग गर्दै आन्दोलनरमा रहेका चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच आइतबार १९ बुँदे सहमति भएको छ ।
स्वास्थ्यकर्मीहरुले यसअघि मन्त्रालयलाई दबाब दिन विभिन्न चरणमा आन्दोलन गरेका थिए । स्वास्थ्य निकायका स्वास्थ्यकर्मी संगठनले संयुक्त रूपमा संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका थिए ।
चिकित्साकर्मीले महिनौँदेखि आन्दोलन गर्दै आएपछि मन्त्रालयले दुई हप्ताअघि वार्ता टोली गठन गरेको थियो । आइतबार वार्ता सम्पन्न भई १९ बुँदे सहमति भएको हो ।
दुईपक्षीय छलफलपश्चात् १९ बुँदे सहमति भएको र यी बुँदा लागू भएमा चिकित्सा क्षेत्रमा साँच्चै परिवर्तन आउने नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले बताए । कार्की संघर्ष समितिका अध्यक्ष हुन् ।
सम्बन्धित
प्रतिक्रिया