आइतबार, जेठ ६, २०८१

छोरी हुनु त मौसमी जस्तो, आफैंले दिइन् आमालाई दागबत्ती

नेपालखोज २०७७ चैत ९ गते ८:१५


काठमाडौं । अभिनेत्री मौसमी मल्लको आमाको देहावसान भएको छ । मल्ललकी आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो ।

दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको जनाइएको छ ।

उनको आमाको आइतबार दिउँसो पिठुवा आर्यघाटमा अन्तेष्टि गरिएको थियो ।

आमालाई अभिनेत्री मल्ल स्वयंले नै दागबत्ती दिएकी थिइन् ।

मल्ल भद्रकुमारीकी एक मात्र सन्तान हुन् ।

प्रतिक्रिया