बिहीबार, चैत १५, २०८०

सोमबार दुई सयले घट्यो सुनको मूल्य

नेपालखोज २०७७ माघ ५ गते १४:३२

काठमाडौं । सोमबार सुन तोलामा २ सयले घटेको छ । आइतबार ९१ हजार ८ सयले कारोबार भएको छापावाल सुन सोमबार २ सयले घटेर प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी वव्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज तोलाको १२ सय ३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया