सोमबार, वैशाख ८, २०८२

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

नेपालखोज २०७७ माघ ५ गते १५:४४

काठमाडौं । रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार दिउँसो आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगलागीको कारणबारे खुल्न सकेको छैन भने अपार्टमेन्टमा रहेकाहरुको उद्धार भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी अपिल बोहोराले बताए ।

अहिले प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया