प्रतिनिधिसभा विघटनको एक महिना : विवेकशीलको पहिलो चरणको कार्यक्रम सम्पन्न
नेपालखोज
२०७७ माघ ५ गते १६:०६

काठमाडौं । प्रतिनिधिसभा विघटन भएको आज (सोमबार) अर्थात् माघ ५ गते एक महिना पुगेको छ ।
गत पुुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीले प्रतिनिधिसभा विघटन गरि आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको उक्त कदमलाई संविधानमाथिको प्रहार र लोकतन्त्र मास्ने कदमभन्दै पुस ६ गतेदेखि प्रदर्शन गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध विभिन्न सिर्जनात्मक स्वरूपमा माइतीघर मण्डलमा लगातार उक्त पार्टीले प्रदर्शन गर्दै आएको छ ।
प्रदर्शनको एक महिना पुगेकोमा महिनाभरि गरेका उल्लेखनीय गतिविधिहरूलाई पुनः दोहो-याउँदै विरोधको पहिलो चरणको कार्यक्रमको समापन गरेको विवेकशील पार्टीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया