शुक्रबार, चैत १६, २०८०

कोरोनाको डरले अस्पताल जान छाडे बिरामी

नेपालखोज २०७६ चैत २४ गते ७:२९

काठमाडौं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ ।

सामान्य ज्वरो, रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आईसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले समेत बिरामी अस्पताल नजाने गरेको पाइन्छ ।

जिल्लाका ठुला अस्पतालहरु प्राय खालि छन् । कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा विरामीको चाप हुनेगरेको थियो ।

लकडाउन सुरु भएपछि नयाँ विरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका विरामी पनि डिस्चार्ज मागेर सवै घर घरमा रहेको अवस्था छ । केही अति संवेदनशिल विरामी वाहेक अहिले कुनैपनि अस्पतालमा नयाँ विरामी देखिदैनन ।

जिल्लामा केन्द्रिय स्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायीक ईकाई रहेका छन् । श्रोतसाधनको अभावले यो समयमा जोखिम मोलेर उपचारको काम गर्न नसकिने बताउदै केही निजी मेडिकलले अहिले काम गरिरहेका छैनन् ।

जिल्लाका अस्पतालमा एकैपटक एक्कासी विरामी कम हुनुलाई चिकित्सकहरुले थप जोखिमको अवस्था मानेका छन् । कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दिर्घकालिन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले रोग लुकाएर घरमै वस्नु थप जोखिम हुने बताउदै कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताए ।

घरमै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उनले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने बताएका छन् । यो समाचार आजको रानधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया