मंगलबार, वैशाख ४, २०८१

सोमबार नेप्सेमा १७ अंकको वृद्धि

नेपालखोज २०७७ माघ ५ गते १६:३४

काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १७ दसमलव ३१ अंकले बढेर २३ सय ३२ दसमलव ३२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव १८ अंकले बढेर चार सय ४५ दसमलव ६१ अंकमा पुुगेको छ ।

आज कुुल दुई सय सात वटा कम्पनीहरुको ५१ हजार आठ सय १३ पटकको कारोवारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार एक सय ६५ रुपैयाँ पुुगेको छ ।

कारोवार भएका दुुई सय सात वटा कम्पनीहरु मध्ये सिभिल लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर नौ सय ६८ रुपैयाँमा कारोवार भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव १४ प्रतिशतले घटेर एक सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता चार सय ४६ रुपैयाँ अन्तिम मुल्यमा ३३ करोड ४६ लाख ९४ हजार सात सय ९८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया