शुक्रबार, वैशाख १४, २०८१

नेप्से १६०० विन्दुमाथी, साताको अन्तिम कारोबार दिन करिब २ अर्बको शेयर खरिदविक्री

नेपालखोज २०७७ कार्तिक ६ गते १६:०३

काठमाडौं । बिहीबार नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन परिसूचक अघिल्लो कारोबार दिनको भन्दा ८ दशमलव ५४ अंक बढेको हो । बुधवार शेयर बजार १३ दशमलव ९४ अंक बढेर १ हजार ५९७ दशमलव ७१ विन्दुमा बन्द भएको थियो ।

बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । बिहीवार १८७ कम्पनीको १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । बुधबार यो रकम १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार रूपैयाँ रहेको थियो ।

बिहीबार सर्वाधिक रकमको शेयर कारोबार कुमारी बैंकको भएको छ । कुमारी बैंकको १४ करोड १५ लाख ४५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । बढेको बजारमा यो दिन जनरल इन्स्योरेन्स कम्पनी र नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ । जनरल इन्स्योरेन्सको ९ दशमलव ८९ प्रतिशत र नेपाल फाइनान्सको ९ दशमलव ८६ प्रतिशत शेयरमूल्य बढेको हो ।
यो दिन कारोबारमा आएका १२ समूहमध्य चार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । होटलको शून्य दशमलव ८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ११ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५६ प्रतिशतले परिसूचक घटेको छ ।

त्यस्तै यो दिन बैंकिङको शून्य दशमलव ९५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८६ प्रतिशत, विकासको शून्य दशमलव शून्य ८ प्रतिशत, वित्तको शून्य दशमलव ६४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९७ प्रतिशत, अन्यको शून्य दशमलव ५१ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ३ प्रतिशतले परिसूचक बढेको हो ।

प्रतिक्रिया