बिहीबार, चैत १५, २०८०

श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ माघ ५ गते १६:५५

मकवानपुर । श्रीमतीको हत्या गरेको आरोपमा ४६ वर्षीया देवराज गोले पक्राउ परेका छन् । ४६ वर्षीया श्रीमती श्रीमाया गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका २ भालङटारका ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा देवराजको संलग्नता खुल्न आएपछी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया