शुक्रबार, वैशाख १४, २०८१

ओपोद्वारा एआई ट्रिपल क्यामेरा र ६.५२ स्क्रिनसहितको ओपो ए १५ सार्वजनिक

नेपालखोज २०७७ माघ ५ गते १८:१९

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए १५ सार्वजनिक गरेको छ । ओपो ए १५ ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा र ६.५२ को ठूलो स्क्रिन सुसज्जित ओपो ए १५ ले स्पष्ट र सटिक तस्विर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभव पनि प्रदान गर्नेछ ।

लामो समय सम्म ब्याट्री टिक्नुका साथै प्रशस्त संचय क्षमता सहितको ओपो ए १५ को डिजाइन प्रयोगकर्तालाई विना रुकावट फोनको मज्जा लिन सकुन् भन्ने सोचका साथ गरिएको छ ।

“उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए १५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । उनले भने “ओपो ए १५ मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२”को ठूलो स्क्रिनमा एचडी+ को मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।”

एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन

प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।

पोटे«ट बोके फिचरले पोटे«ट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिनेछ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि-अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।

ओपो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्पपनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।

स्लिक डिजाइनका साथ ६.५२ को ठूलो स्क्रिन

गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए १५ मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए १५ को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।

४२३० एमएएच ब्याट्री क्षमता

तिब्रगतिको कार्य क्षमताका लागि ओपो ए १५ मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६ जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी ३५ मिडियाटेक हेलियो पी ३५ ओक्टा-कोर प्रोसेशर सहितको ओपो ए १५ ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचरपनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।

एकदिन सहजै टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए १५ मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

कलरओएस ७.२

ओपो ए १५ मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री-फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्स पनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ-आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ ।

बजार उपलब्धता

माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३जीबी र्‍याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए १५ को बजार मूल्य १८ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया