शनिबार, वैशाख ८, २०८१

पुरुषहरू नै टिभी हेर्न अग्रणी, इन्टरनेटको प्रयोग बढ्यो

नेपालखोज २०८० जेठ १३ गते १६:२१

के तपाईको घरमा टिभीको रिमोटका लागि झगडा हुन्छ ? पक्कै भएको हुनुपर्छ । टिभी माथि नियन्त्रणको लडाई परापूर्वकालदेखि चलिआएको युद्ध जस्तै हो । यो लडाईमा सबैको दिमागमा आउने एउटा तस्विर स्पष्ट छ ।

टिभीको मामिलामा श्रीमतीहरु नै हावी हुन्छन् । सासु – बुहारिको ड्रामादेखि लिएर दक्षिण भारतीय डब फिल्मसम्म महिलाको साम्राज्य फैलिएको छ। पुरुषहरूले क्रिकेट तथा फुटबल विश्वकप जस्ता अवसरमा वा साँझको समाचारको समयमा मात्र सशर्त रिमोटको अधिकार प्राप्त गर्छन् । यद्यपि हाम्रो मस्तिष्कमा छापिएको यो तस्वीर झुटो हो । वास्तवमा स्थिति ठीक उल्टो छ ।

एनएफएचएस – ५ को तथ्याङ्कले टिभी हेर्ने मामिलामा महिलाको तुलनामा पुरुष अगाडि रहेको देखाउँछ । एनएफएचएस -५ का अनुसार भारतमा ५५.९ प्रतिशत पुरुषले टिभी हेर्छन् जबकि महिलामा यो संख्या ५३.५ प्रतिशत छ । एनएफएचएस -५ को यो डाटा २०१९-२१ को हो । एनएफएचएस -३ डाटा २००५ – ०६ का लागि हो र यसले देखाउँछ कि १५ – १६ वर्ष पहिले पुरुषहरू टिभी हेर्नको सन्दर्भमा अझ अगाडि थिए। उक्त अवधिमा ६३.२ प्रतिशत पुरुषले टिभी हेरेका थिए भने ५५ प्रतिशत महिलाले टिभी हेरेका थिए ।

महिलाभन्दा पुरुषले किन बढी टिभी हेर्छन् ?

पहिले टिभी हेर्ने चलन बढि थियो अहिले घट्दै गएको छ । कुनै समय टिभीको पहुँच पनि कम थियो । सहरी क्षेत्रका थोरै घरमा मात्र टिभि हुन्थ्यो । बिस्तारै गाउँमा टिभि सेट पुगेपछि दर्शकको संख्या पनि बढ्दै गयो । यद्यपि अहिले फेरि यो बिस्तारै घट्दै गएको छ ।

१९९२-९३ मा २० प्रतिशत घरपरिवारमा मात्र टिभी थियो, जबकि २०१९ – २१ सम्म आइपुग्दा ६३ प्रतिशत घरमा टिभि पुग्यो । अहिले सहरसँगै गाउँमा पनि टिभी भएका घरपरिवारको संख्या बढेको छ । पहिलो सर्वेक्षणमा घरमा टिभी छ कि छैन भनेर मात्र सोधिएको थियो। समयसँगै यो प्रश्न पनि परिवर्तन भयो र घरमा कलर टिभी हो कि कालो – सेतो टिभी छ भनेर सोधिन थाल्यो ।

समाजशास्त्रीहरूका अनुसार अहिले टेलिभिजन भएका घरपरिवारको सङ्ख्या बढेको छ, तर इन्टरनेटको सहज उपलब्धताले मानिसहरूको हेर्ने तरिका परिवर्तन भएकाले टेलिभिजन हेर्नेहरूको सङ्ख्या घटेको छ । पहिलो दुई परिवार स्वास्थ्य सर्वेक्षण मुख्य रूपमा महिलाहरूमा फोकस गरिएको थियो । ती दुवै सर्वेक्षणमा टिभी एक्सपोजर डाटा पनि महिलाका लागि मात्र उपलब्ध छ । १९९२- ९३ ताका ३१.८ प्रतिशत महिलाले हप्तामा कम्तिमा एक पटक टिभी हेर्थे अर्थात् ६८.२ प्रतिशत महिलाले टिभी हेर्द । १९९८-९९ मा हप्तामा कम्तिमा एक पटक टिभी हेर्ने महिलाको संख्या ४५.७ प्रतिशत पुगेको थियो।

२०१५-१६ सम्म आइपुग्दा ७१ प्रतिशत भन्दा बढी महिलाको पहुँच टिभीमा थियो । अचम्मको कुरा २०१९-२१ को सर्वेक्षणमा यो संख्या घटेर ५३ प्रतिशत पुग्यो। यो सर्वेक्षणमा भारतका सबै ३६ राज्य र केन्द्र शासित प्रदेशहरूका पुरुष तथा महिलाहरूको सहभागीता थियोे । जसअनुसार राष्ट्रिय औसतमा ​​पुरुषले ५५.७ प्रतिशत तथा महिला ५३.५ प्रतिशत टिभी हेर्ने देखिन्छ । पुरुषहरू निश्चित रूपमा राष्ट्रिय औसतमा अगाडि छन्, तर सर्वेक्षणमा समावेश गरिएका ३६ राज्य तथा केन्द्र शासित प्रदेशहरू मध्ये २० मा टिभी हेर्ने पुरुष कम छन् महिलाहरूको तुलनामा । त्यहाँ केवल १६ राज्य तथा केन्द्र शासित प्रदेशहरू छन् जहाँ टिभी हेर्ने पुरुषहरूको संख्या महिलाहरूको तुलनामा बढी छ।

इन्टरनेटको आगमन पछि टिभी अओझेलमा

भारतमा टेलिभिजन परिवारको संख्या बढ्दै गएको छ। औसतमा देशको ६७.८ प्रतिशत घरपरिवारमा टिभी छ। हालसम्म ६६.७% घरपरिवारमा रंगीन टिभी र २.३% घरपरिवारमा कालो – सेतो टिभी छन् । शहरका ८६ प्रतिशत घरपरिवारमा रंगीन टिभी छन् भने २.२ प्रतिशत घरपरिवारमा ब्ल्याक एन्ड ह्वाइट टिभी छन् । यसैगरी ५७.१ प्रतिशत ग्रामीण घरपरिवारमा रंगीन तथा २.३ प्रतिशत घरपरिवारमा ब्ल्याक एन्ड ह्वाइट टिभी छन्।

यसका बावजुद ५५ प्रतिशत पुरुष तथा ५३ प्रतिशत महिलाले हप्तामा कम्तिमा एक पटक मात्र टिभी हेर्छन । यो संख्या २००५-०६ मा ७७ प्रतिशत भन्दा बढी थियो। इन्टरनेटका कारण टिभी दर्शकमा यो कमी आएको विज्ञहरू बताउँछन् । गत वर्ष रोयटर्स एजेन्सीले एउटा अध्ययनमा भारतमा ८९ प्रतिशत मानिसले डिजिटल माध्यमबाट सूचना लिइरहेको बताएको थियो।

यो सर्वेक्षणमा पनि सरकारले पहिलो पटक इन्टरनेट एक्सपोजर समावेश गरेको छ। जस अनुसार भारतका ५१.२ प्रतिशत पुरुष तथा ३३.३ प्रतिशत महिलाले जीवनमा कम्तिमा एक पटक इन्टरनेटको प्रयोग गरेका छन् । महिलाहरूको इन्टरनेट एक्सपोजरको राष्ट्रिय औसत कम देखिन सक्छ तर त्यहाँका ११ राज्य/केन्द्र शासित प्रदेशका ५० प्रतिशत भन्दा बढी महिलाले इन्टरनेट प्रयोग गरेका छन्। जबकि केवल ४ राज्य तथा केन्द्र शासित प्रदेशमा महिलाहरूको इन्टरनेट एक्सपोजर २५ प्रतिशत भन्दा कम छ।

प्रतिक्रिया