शुक्रबार, वैशाख १४, २०८१

फोनमार्फत धम्काएर रकम असुली गर्ने तीन जना पक्राउ

नेपालखोज २०७७ माघ ५ गते १९:११

काठमाडौ । फोन मार्फत धम्काएर रकम असुली गर्ने तीन जना काठमाडौंको बागबजारबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फोन मार्फत धम्कि दिई रकम असुली गर्ने तिन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोलखाको मैलुङ गाउँपालिका घर भई हाल काठमाडौको असन बस्ने १९ बर्षिय प्रदिप कार्की, दोलखाकै शैलुुङ गाउँपालिका घर भई काठमाडौको असन बस्ने १९ बर्षिय सुरज भण्डारी र दोलखाको शैलुुङ नै घर भई काठमाडौको काडाँघारी बस्ने २१ बर्षिय किरण कार्की रहेका छन ।

बिभिन्न ब्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम असुल्ने गिरोहमा सक्रिय रहेको भन्ने सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । महाशाखा बाट खटिएको प्रहरी टोलिले आईतबार बागबजारको काठमाडौं मोडल हस्पिटल नजिकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनीहरुको साथबाट पाँच थान मोबाईल तथा सिमहरु समेत बरामद गरिएको छ । थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको प्रहरीका जनाएको छ ।

प्रतिक्रिया