बिहीबार, माघ ३, २०८१

नेपाल चेम्वर र सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुबीच छलफल

नेपालखोज २०७७ माघ ५ गते १९:३१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी वीच सोमबार चेम्वर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । भेटका अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनिर्वाचित कार्य समितिको सफलताको कामना दिदै लक्ष तथा उद्धेश्य समान भएकोले सुनचांदी व्यवसायीहरुको समस्याहरुलाई चेम्वरले गम्भीरतापूर्वक लिने र यसलाइ सम्वोधन गर्न तत्पर रहेको बताए ।

Advertisement

उक्त अवसरमा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले महासंघ चेम्वरसँग लामो समय देखि आवद्ध रहि निजी क्षेत्रको व्यवसायक हित स्थापित गर्न अग्रसर रहेको बताउदै सुनचांदी व्यवसायका बिभिन्न समस्याहरु समाधानका लागि पहल गर्न आग्रह गरे ।

यस्तै, चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले व्यवसायको प्रवद्र्धन गर्न बिभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष कमलेश अग्रवालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया