बुधबार, वैशाख १२, २०८१

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा टिका तथा प्रसाद प्रदान

नेपालखोज २०७९ असोज २१ गते १४:३६

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वडा दसैं २०७९ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थितहरूलाई प्रहरी महानिरीक्षक सिंहले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले टीका ग्रहणका लागि उपस्थित लाई जमरा र प्रसाद प्रदान गरेका थिए । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि बिहान ९ बजे देखि ११ बजेसम्मको समय तोकिएको थियो ।

टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया