कलंकीको खड्का गाउँमा आगलागी हुँदा ८६ वर्षीय वृद्धको जलेर मृत्यु
नेपालखोज
२०७७ माघ ६ गते ११:३१

काठमाडौं । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक व्यक्तिको ज्यान गएको छ ।
राति हिटर बालेर सुतेका बेला कोठाभित्र आगलागी हुँदा ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
खड्का घरको दोस्रो तलामा हिटर बालेर सुतेका थिए ।
प्रहरीको प्रारम्भिक अनुमानका अनुसार हिटर बालेको बेला विद्युतीय तार सर्ट भएर आगलागी भएको हो ।
शरीरको अधिकांश भाग जलेको अवस्थामा खड्का मृत फेला परेको घरका सदस्यहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया