शुक्रबार, चैत १६, २०८०

गुटको नेताले गुटको रक्षा गर्छ : योगेश भट्टराई

नेपालखोज २०७७ माघ ६ गते १४:१३

काठमाडौं । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले आन्दोलनबाट संविधान प्राप्त गरि राजा महाराजा फाले पनि पार्टीभित्रको महाराजा फान्न नसकेको बताएका छन् ।

आज (मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै पूर्व पर्यटनमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टीबाट नै तानाशाह जन्मनु दुःखको कुरा भएको उनले बताए । उनले भने, ‘गुटको नेताले गुटको रक्षा गर्छ । तर, राज नेताले मुलुकको भविष्यको चिन्ता गर्छ ।’

साथै उनले केपी ओलीको समय सकिसकेकाले तल झर्नुको विकल्प नरहेको बताएका छन् । उनले भने, ‘केपी ओलीको समय सकिसकेको छ । अब केपी ओली तल झर्नुको विकल्प छैन ।’

प्रतिक्रिया