बुधबार, वैशाख २६, २०८१

ओलीको वास्तविकता खोतल्न जरुरी : माधव नेपाल

नेपालखोज २०७७ माघ ६ गते १५:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको वास्तविकता खोतल्न जरुरी रहेको बताएका छन् ।

आज (मंगलबारं) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले खोज पत्रकारिता गर्ने सञ्चारकर्मीहरुलाई ओलीको वास्तविकता खोतल्न पनि आग्रह गरेका छन् ।

स्पष्ट विचार लिएर अघि बढ्दा डराउनु नपर्ने बताउँदै अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गरे पश्चात प्रधानमन्त्री ओली स्वयम् काम चलाउ भइसकेको बताए ।

यद्यपी, प्रतिनिधिसभा विघटन भएको आफु पक्षले नमानेको नेपालले दाबी गरे । ओलीप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘ओली भ्रमको खेती गर्न खप्पीस छन् ।’

प्रतिक्रिया