बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको भाषामा ह्वास्सै राजाको भाषा गनाउँछ : अध्यक्ष प्रचण्ड

नेपालखोज २०७७ माघ ६ गते १६:४१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपालका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ह्वास्सै राजाको भाषा गनाउँने बताएका छन् ।

आज (मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताए ।

मुलुकको राजनीति चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै उनले अहिले मुलुकमा प्रतिगमन जुर्मुराएको बताएका छन् । उक्त भेलाले प्रतिगमनको खतरालाई चिर्नु पर्ने तर्फ गर्दै उनले भने, ‘संसद् विघटन मुलुकलाई दुश्चक्रमा लिने सुरुवात हो, जुन देशको दुर्भाग्य पनि हो ।’

आफैले प्रस्ताव गरेको संसद् विघटन गरेर प्रधानमन्त्रीले गलत बाटो अपनाएको उनको भनाइ छ । साथै उनले कलमको माध्यमबाट निरंकुशताको अन्त्य गर्न अग्रपंक्तिमा रहेर पत्रकारहरुलाई काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया