ज्यान मार्ने उद्योगमा नुवाकोटका राई पक्राउ
नेपालखोज
२०७७ माघ ६ गते १६:४६

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का एक युवा ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका छन्।
बेलकोटगढी ५ का २६ वर्षीय राजु राई श्रीमतीको हत्या प्रयास गरेको अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गत असार १२ गते राईले श्रीमतीको ज्यान लिने उद्देश्यले खुर्पा प्रहार गरेका थिए ।
त्यसपछि श्रीमतीले प्रहरी कार्यालयमा श्रीमतीले किटानी जाहेरी दिएपछि प्रहरीले माघेसंक्रान्तिको दिन पक्राउ गरेको हो । प्रहरीले राईलाई अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
उनले साँझको समयमा सामान्य विवादमै श्रीमती माथि खुर्पा प्रहार गरेको प्रहरीमा स्वीकारेका छन् ।
उनका परिवारका सदस्यले पनि राजुले खुर्पा प्रहार गरी श्रीमतीको ज्यान मार्ने उद्योग गरेको बताउँदै आएका छन् । यसअघि राजु फरार थिए ।
सम्बन्धित
प्रतिक्रिया