बाइडेनले ४६ औँ राष्ट्रपतिका रुपमा आज शपथ लिँदै
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज (बुधबार) राष्ट्रपतिका रुपमा शपथ लिदैछन् ।
अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ । सोहि परम्परा अनुसार आज राति १० बजेर ४५ मिनेटमा जो बाइडेनले ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिनेछन् ।
आजको दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ । क्यापिटल हिलमा यस पटकको शपथ समारोह सामान्य हुनेछ ।
बाइडेनको शपथमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भएका छन् । ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन् ।
यसअघि सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन राष्ट्रपतिको शपथ कार्यक्रममा सहभागी भएका थिएनन् ।
त्यसोत बाइडेनको शपथमा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन् । यसपटक शपथ कार्यक्रममा भाग लिने सांसदलाई दुईवटा मात्र टिकट दिइएको छ । उनीहरूले आफूसँगै एकजना पाहुनाका रूपमा ल्याउन पाउँछन् ।
प्रतिक्रिया