कोरोना खोप आज नेपाल भित्र्याइँदै

नेपालखोज २०७७ माघ ७ गते ११:२७

काठमाडौं । कोरोना भ्याक्सिन आज (बुधबार) नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भ्याक्सिन आज नेपाल ल्याउन लागिएको बताएका छन् ।

खोप नेपाल आइपुगेको एक साता भित्र ७७ जिल्लाकै जिल्ला अस्पतालबाट दिन सुरु गरिने प्रवक्ता गौतमको दाबी छ ।

सरकारले पहिलो चरणमा आउने ३ प्रतिशत खोप फ्रन्टलाइनर तथा सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सामाजिक सेवा कार्यरत्त व्यक्तिहरुलाई दिने तयारी गरेको प्रवक्ता गौतम बताउँछन् । त्यसपश्चात् ५५ वर्ष माथिका दीर्घरोगीहरु तथा जेष्ठ नागरिकहरु सरकारको खोपको प्राथमिकतामा पर्ने गर्छन् ।

प्रतिक्रिया