ट्रिपरले ठक्कर दिँदा किशोरीको मृत्यु

नेपालखोज २०७७ माघ ७ गते ११:४८

झापा । झापामा ट्रिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।

बुधबार बिहान करिब साढे ५ बजे मेचिनगर नगरपालिका–१३ मा ट्रिपरले पैदल यात्रीलाई ठक्कर दिँदा सोहि नगरपालिकाकी १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको हो ।

चन्द्रगढी–चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको ट्रिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री मेचीनगर १३ का १८ वर्षका राहुल बस्नेत र १८ वर्षीया अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो ।

बस्नेतको हात र खुट्टामा चोट लागेको र शिवाकोटीको टाँउकोमा चोट लागेर उपचारका लागि दुवैलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने ट्रिपर तथा चालक भद्रपुर नगरपालिका ९ का सुमन ओझा इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया