घुस रकमसहित मालपोत कार्यालय लगनखेलका नायब सुब्बा पक्राउ
नेपालखोज
२०७७ माघ ७ गते १२:०१

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बासहित दुई जनालाई घुसहित पक्राउ गरेको छ ।
सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस मागेको उजुरीका आधारमा अख्तियार टोलीले मालपोतका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।
श्रेष्ठद्वयलाई ४० हजार घुस रकम लिइरहेको अवस्थामा लगनखेलस्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
सम्बन्धित
प्रतिक्रिया