बिहीबार, वैशाख १३, २०८१

काठमाडौंको पवित्रानगरमा फालिएको अवस्थामा नवजात शिशु फेला

नेपालखोज २०७७ माघ ७ गते १३:०८

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ पवित्रानगरस्थित झाँडीमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ ।

बुधबार बिहान करिब २–३ बजे झाँडीमा फेला परेको शिशुको अहिले कान्ति बाल अस्पताल महाराजगञ्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

झाँडीमा एक भर्खरै जन्मिएको बच्चा फेला परेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

खबर भएको केही बेरमै बच्चाको २० वर्षीया आमा पत्ता लागेको उनले बताए । उनी अविवाहित हुन् ।
नियन्त्रणमा लिएको आमाको पनि कान्ति बाल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया