शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभा विघटन : बहस लम्बिँदा चुनावमा भोट हाल्ने दिन आउने हो कि ?

नेपालखोज २०७७ माघ ७ गते १३:२५

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा बुधबार न्यायाधीश अनिल सिन्हाले बहस लम्बिँदै गए चुनावमा भोट हाल्ने दिन आउने बताएका छन् ।

संवैधानिक इजलासमा बहस लम्बिएपछि समय छोट्याउन अधिवक्ताहरूलाई निर्देशन दिइएको छ ।

‘समयको पावन्दीलाई ख्याल गरेनौं भने हामी यता बहस गरिराख्ने, उता भोट हाल्ने दिन आउने हो कि ?’ न्यायाधीश सिन्हाले भने । बुधवारको सुनुवाइमा शुरूमा बहस गरेका अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई न्यायाधीश अनिल सिन्हाले आधा घण्टामा बहस सिध्याउन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ

प्रतिक्रिया