बिहीबार, वैशाख १३, २०८१

कर्मचारीको तलव भत्ता र कार्यालय व्यवस्थापनमै सकियो बैंकहरुको ३० अर्ब

नेपालखोज २०७७ माघ ७ गते १५:०५

काठमाडौं । चालुु आर्थिक बर्षको पाँच महिनाको अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापन मै ३० अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन ।

नेपाल राष्ट्र बैककाअनुसार चालुु आवको मंसिर मसान्तसम्ममा २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा बिकास बैंक र २१ वटा फाईनान्स कम्पनीहरुले ३० अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका हुुन । सोमध्ये कर्मचारीहरुको तलव भत्तामा १८ अर्ब ३० करोड ७० लाख र कार्यालय व्यवस्थापन शिर्षकमा १२ अर्ब ६० करोड ३० लाख रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वाणिज्य बैंकहरुले मात्र भने कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापन शिर्षकमा २६ अर्ब ९२ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन । उक्त खर्च मध्ये कर्मचारीको तलव भत्तामा मात्र १६ अर्ब एक करोड ६० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापनमा थप १० अर्ब नौ करोड ११ लाख रुपैयाँ खर्च भएको छ ।

बिकास बैंकहरुले भने चालुु आवको मंसिर मसान्तसमममा कर्मचारीको तलव भत्ता र कार्यालय व्यवस्थापन शिर्षकमा तीन तीन अर्ब १४ करोड ३० लाख रुपैयाँ खर्च गरेकाछन । सोमध्ये एक अर्ब ८१ करोड ६० लाख कर्मचारी शिर्षकमा खर्च भएको छ भने बाँकी एक अर्ब ३२ करोड ७० लाख रुपैयाँ कार्यालय व्यवस्थापन शिर्षकमा खर्च भएको छ ।

राष्ट्र बैककाअनुसार फाईनान्स कम्पनीहरुले भने चालुु आवको मंसिर मसान्तसम्ममा कर्मचारीहरुको तलव र कार्यालय व्यवस्थापन शिर्षकमा कुुल ८३ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन । उक्त खर्चमा कर्मचारीहरुको लागि मात्र गरिएको खर्च ४७ करोड ५० लाख रुपैयाँ रहेको छ भने कार्यालय व्यवस्थापन शिर्षकमा गरिएको खर्च ३६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया