बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ प्रदेशसभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित

नेपालखोज २०७७ माघ ७ गते १५:४२

मोरङ । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रदेश १ का नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले विभिन्न सांसदलाई कारबाही गरेको घोषणा गरेका थिए । कारबाहीमा परेका सांसदहरूलाई बैठकमा जान दिनेरनदिने भन्ने विवाद चर्किएर अवस्था जटिल हुने देखिएपछि कार्यव्यवस्था समितिले बैठक सुरु भएको पत्र मात्र सुनाएर स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया