बुधबार, वैशाख २६, २०८१

पुन: बढ्यो नेप्से : झण्डै १६ अंकले बढ्दा ६ अर्ब २१ करोडको सेयर किनबेच

नेपालखोज २०७७ माघ ७ गते १५:५३

काठमाडौै । नेप्से पुनः बढेको छ । अघिल्लो दिन पाँच दशमलव ५७ अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन बुधबार पुनः १५ दशमलव ८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १८ अंकले बढेर ४ सय ४३ अंकमा पुगेको छ ।

नेप्से आज २ सय ११ वटा कमपनीहरुको ५३ हजार तीन सय ३४ वटा कारोवारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ४३ अंकले घटेर १७ सय २७ दशमलव ८९ अंकमा झर्दा होटल, ट्रेडिङ, उत्पादन मुलक र अन्य समुहको सुचकहरु पनि घटेका छन ।

बिकास बैंक समुहको सुचक भने दुई दशमलव एक अंकले बढेर २५ सय २४ दशमलव ६९ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८५ दशमलव ९८ अंकले बढेर १० हजार नौ सय ४२ दशमलव आठ अंकमा चढेको छ । यि बाहेक जलबिद्युत, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन ।

आज बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९४ प्रतिशतले बढेर एक सय ७७ रुपैयाँमा कारोवार हुँदा बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव ९५ प्रतिशतले घटेर ३१ सय ३६ रुपैयाँमा कारोवार भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता २८ सय ८५ रुपैयाँ अन्तिम मुल्यमा ६१ करोड ४० लाख ८९ हजार पाँच सय छ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया