शुक्रबार, वैशाख १४, २०८१

भोलि नेपाली कांग्रेस नुवाकोटले जिल्लाभर प्रदर्शन गर्ने

नेपालखोज २०७७ माघ ७ गते १६:०१

नुवाकोट । प्रतिनिधीसभा बिघटनको असंवैधानिक कदमको बिरोधमा नेपाली काङ्ग्रेसले नुवाकोटका सबै वडामा भोलि एकसाथ वडा भेलाको आयोजना गर्ने भएको छ ।


पूर्वघोषित बिरोधका कार्यक्रम अनुसार काङ्ग्रेसले माघ ८ गते बिहिबार नुवाकोटको ८८ वटै वडामा वडा स्तरीय भेलाको आयोजना गर्न लागेको हो । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितीको निर्णय बमोजिम हुने वडा स्तरीय भेला र बिरोध कार्यक्रमको लागि सम्वन्धित वडाका ईकाई सभापतीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका वडा कार्य समितीहरुले आआफ्नो वडामा आयोजना गर्ने भेलालाई ब्यापक, ब्यबस्थित र प्रभावकारी बनाउन निर्देशन दिइएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

बिहिबारपञ्चकन्या गाउँपालिकामा पनि वडा स्तरीय भेलाहरुको आयोजना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका वडा नंवर २ ले वडा कार्यसमितीका सभापतीको संयोजकत्वमा पुरानीडाँडा, मिश्र गाउँमा ११/३० बजे वडा भेला बोलाइएको पञ्चकन्या गाउँपलिकाका अध्यक्षले बताएका छन् ।

वडा भेलामा सक्रिय सहभागिताको लागि सम्पूर्ण ईकाई कमिटीका सदस्यहरु, कृयाशील सदस्यहरु, नेबिसंघ, तरुणदल, शिक्षाबिद, भातृसंगठनका सदस्य, शुभेच्छुकहरुलाई आग्रह गरिएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताएका छन् ।

प्रतिक्रिया