बुधबार, वैशाख १२, २०८१

बाक्लो हुस्सुका कारण भैरहवा र नेपालगञ्जको उडान प्रभावित

नेपालखोज २०७७ माघ ७ गते १६:०३

काठमाडौं । तराईमा बुधवार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन ।

भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीनरतीन वटा उडान हुन सकेका छैनन् । बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये मौसम प्रतिकूलताका कारण तराईका जिल्लामा हुने उडान भने प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

केही आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ । काठमाडौं लगायत देशभरको मौसम १ सातादेखि बदली भएको छ । काठमाडौंमा दिउँसोको समयमा सामान्य घाम लागेपनि तराईका अधिकांस स्थानमा करिब १ सातादेखि घाम लागेको छैन् । जसका कारण बालबालिका तथा वृदवृद्धालाई समास्या भएको छ ।

प्रतिक्रिया