मंगलबार, असार ५, २०८१

सुनचाँदीकाे मूल्य बढ्याे

नेपालखोज २०७८ चैत ३ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बुधबार) ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९९ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया