अमेरिका पठाउने बहानामा १५ लाख ठग्ने पक्राउ
नेपालखोज
२०७७ माघ ७ गते १७:०१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै लाखौ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन ।
महानगरीय अपराध महाशाखा मिन भवनका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीकाअनुसार आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइ दिन्छु भन्दै आफ्नै परिचय पत्रसमेत देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
प्रवक्ता कार्कीकाअनुसार पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ७ मित्रपार्क चावहिल बस्ने वर्ष ६० को तुलसी थापा रहेका छन । ठगी कार्यमा संलग्न थापालाई मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको प्रवक्ता कार्कीले बताए ।
पक्राउ परेका थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।
सम्बन्धित
प्रतिक्रिया