मंगलबार, वैशाख ४, २०८१

कोरोना अपडेट : थप ३१८ जनामा संक्रमण, ६ जनाको मृत्यु

नेपालखोज २०७७ माघ ७ गते १७:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ जनाको ज्यान गएको छ । आज थप ६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज ३ सय १८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७ सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया