सोमबार, वैशाख १७, २०८१

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालखोज २०८० चैत २९ गते ११:३३
This image has an empty alt attribute; its file name is Gold.jpg

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया