मंगलबार, वैशाख ११, २०८१

भायानेटको ३५ औं आउटलेट काठमाडौंको पेप्सीकोलामा

नेपालखोज २०७७ माघ ७ गते १९:११

काठमाडौं । ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपी टिभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब काठमाडौंमा आफ्नो सेवालाई अझ विस्तार गर्दैछ ।

काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउन पेप्सीकोलामा यही माघ ७ गते भायानेटले आफ्नो ३५ औंं शाखा खोलेको छ । पेप्सीकोला आउटलेटको उद्घाटना शिक्षा संग्रौलाको हातबाट गरिएको थियो ।

कम्पनीकाअनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन । भायानेटले नेपालको पहिलो एफटिटिएच सेवा सन् २०११ मा लन्च गरेको थियो ।

कम्पनीसँग आफ्नै आईपी टिभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

प्रतिक्रिया