शुक्रबार, वैशाख १४, २०८१

नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

नेपालखोज २०७७ माघ ७ गते २०:१६

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले २०७७, माघ ७ गते अर्थात आज बुधबारबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथि भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए ।

उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बंैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथि बस्नेतले गरेका थिए ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया