शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज वडास्तरीय विरोध प्रदर्शन गर्दै

नेपालखोज २०७७ माघ ८ गते १०:४५

काठमाडौँ । नेपाली काँग्रेसले आज देशभरका सबै वडामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित रहेको काँग्रेसले देशका ६ हजार ७४३ वडामा विरोध कार्यक्रम गर्न थालेको हो ।

काँग्रेस सभापति शेर बहादुर देउवाले वडाहरुमा हुने यस प्रदर्शनमा सहभागी हुन बुधबार नै अपिल गरेका थिए ।

काँग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया