मंगलबार, वैशाख ११, २०८१

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र सिटीको जित

नेपालखोज २०७७ माघ ८ गते ११:५३

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बुधबार रातिभएको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले जित निकाल्न सफल भएका छन् । म्यानचेस्टर युनाइटेडले फुलहमलाई २–१ ले पराजित गरेको थियो । योसँगै युनाइटेडले लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगमा अपराजित यात्रा १७ खेल पुगेको छ ।

यो जितपछि म्यानचेस्टरको १९ खेलबाट ४० अंक भएको छ । लिग तालिकामा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ र उसको १८ खेलबाट ३८ अंक छ । सिटीले अर्को खेलमा एस्टन भिल्लालाई २–० ले हरायो ।

त्यसमा बर्नार्डो सिल्भा र इलकयी गुन्डोगनले खेलको अन्त्यतिर गोल गरे । भिल्ला भने २६ अंकमा ११ औं स्थानमा रह्यो । यस्तै फुलहम १२ अंकमा पुछारबाट तेस्रोमा छ ।

प्रतिक्रिया