आहा ! रारा पोखरा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज भिड्दै
नेपालखोज
२०७९ पुष १७ गते ११:००
काठमाण्डौं । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा आयोजना हुने खेल दिउसो २ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
सम्बन्धित
प्रतिक्रिया