शनिबार, माघ १२, २०८१

शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

नेपालखोज २०७७ माघ ८ गते १२:०४

काठमाडौं । शिक्षक हत्याको आरोपमा नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विक पक्राउ परेका छन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया