बुधबार, वैशाख २६, २०८१

मन्त्री रेणु यादवलाई तत्काल पदबाट बर्खास्त गर्न शान्ति समाजको माग

नेपालखोज २०७८ माघ ९ गते १३:०८

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाविपरीत रहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै समाजले आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रहसमेत गरेको छ ।

‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।’

यसैगरी समाजका केन्द्रीय सभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमार्फत सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवं अशोभनीय गतिविधिको निन्दासमेत गरेको छ ।

प्रतिक्रिया