शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा बहस सुरू

नेपालखोज २०७७ माघ ८ गते १२:२८

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पाँचौ दिन बहस सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरू गरेका छन् । अर्यालले प्रतिनिधिसभा विघटनको विषय अनधिकृत भएको जिकिर गरेका छन् ।

उनले धारा ७६(७) को व्यवस्थाअनुसार अहिलेको प्रधानमन्त्री नभएको दाबी गरेका छन् । उनले प्रतिनिधिसभा विघटनले राष्ट्रलाई क्षति पुगेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया