प्रधानमन्त्री कप : पुलिसद्वारा लुम्बिनीलाई ३११ रनको लक्ष्य
नेपालखोज
२०७७ माघ ८ गते १३:३८
काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ओभरमा चार विकेट गुमाएर ३ सय १० रन बनायो ।
पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले सात चौका र एक छक्काको मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी र पवन शरार्फले अर्धशतक बनाए । दिपेन्द्र सिंहले ८५ तथा पवन शरार्फले ५० रन जोडे ।
त्यस्तै आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए । लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एकरएक विकेट लिए । आज दुवै टिम दोस्रो जितको खोजीमा रहेका छन् । अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिसले एकमा जित र एकमा हार बेहोरेको छ ।
सम्बन्धित
प्रतिक्रिया