शुक्रबार, वैशाख १४, २०८१

नेपालमा करिब १० दिनभित्र कोरोनाविरुद्धको खोप वितरण गर्ने तयारी

नेपालखोज २०७७ माघ ८ गते १४:२६

काठमाडौं । भारतबाट आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हप्ता÷१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उनले अबको हप्तार/१० दिनमा खोप वितरण गर्ने बताए । उनले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताएका छन् ।

उनले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताए । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एअर इण्डियाको जहाजमार्फत काठमाडौंमा खोप ल्याइएको छ ।

कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया