युक्रेनको बुचा सहरमा ५७ जनाको सामूहिक शव गाडिएको अवस्थामा
नेपालखोज
२०७८ चैत २१ गते १०:१८
काठमाडौं । रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले जनाएका छन् । शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ ।
जमिनमुनि गाडिएका शवमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको एएफपीले जनाएको छ । सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए ।
एएफपी संवाददाताहरूले शुक्रबार बुचाको एउटा सडक छेउमा गैर–सैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन्। ती मृत शरिरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया