बिहीबार, वैशाख १३, २०८१

सर्वोच्चको फैसला मान्न तयार : प्रकाश शरण महत

नेपालखोज २०७७ माघ ८ गते १५:३१

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सर्वोच्चको फैसला मान्न तयार भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा रहेको कांग्रेसले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोहीक्रममा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ इकाईले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सहमहामन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले भने ‘सरकारको असंवैधानिक कदमविरुद्ध हामीले विभिन्न चरणमा देशव्यापी प्रदर्शन गरी सक्यौ । विरोध कार्यक्रमबाट आफ्नो धारणा जनतासामु स्पष्ट राखि सक्यौ । अब सर्वोच्चले जुनसुकै फैसला गरेपनि कांग्रेस मान्न तयार छ ।’

प्रधानमन्त्रीको तीन वर्षे कार्यकाल पूर्णरुपमा असफलल भएको दाबी गर्दै महतले गुठि, स्वस्थ्य, सञ्चार र सम्पत्ति माथिको अधिकारलगायतका विधेयकका विरुदमा कांग्रेसकै अडानका कारण अगाडि नबढेको जिकिर गरे । तीनै तहमा कम्युष्टको बहुमत सरकार रहेको भएपनि सरकारकाले कुनै पनि काम नगरी भ्रष्टाचारले चरम सिमा नाघेको बताए । उनले भने–‘स्थानीय सरकारमा लाखको कुरा हुन्छ प्रदेश र संघमा करोड र अर्बको कुरा सुनिन्छ । अरु त अरु स्वास्थ्य जस्तो संवेदनशिल कुरामा निजी कम्पनिसँग मिलेर ब्रम लुट गरिन्छ ।’ र्

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित रहेको कांग्रेसले बिहीबार देशका ६ हजार ७४३ वडामा विरोध कार्यक्रम गर्न गरेको थियो । कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया