बिहीबार, वैशाख १३, २०८१

नेप्से आज पनि बढ्यो, ७ अर्ब ७९ करोड ४१ लाखको सेयर किनबेच

नेपालखोज २०७७ माघ ८ गते १६:२४

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै उच्च अंकले बढेका छन । अघिल्लो दिन १५ दशमलव ८७ अंकले बढेको नेप्से आज ३१ दशमलव ८७ अंकले बढेर २३ सय ७४ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले बढेर चार सय ४५ दशमलव ५९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय नौ वटा कम्पनीहरुको ६९ हजार दुई सय ९२ पटकको कारोवारमा एक करोड ८० लाख ९६ हजार आठ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम सात अर्ब ७९ करोड ४१ लाख ३२ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक र सामुहिक लगानी कोष समुहको सुचकहरु क्रमश तीन दशमलव ८३ र शुन्य दशमलव शुन्य पाँच अंकले घटेका छन भने बाँकी समुहको सुचक बढेका छन ।

सोमध्ये बिकास बैंक समुहको सुचक ३१ दशमलव ३८ अंकले बढेर दुई हजार पाँच सय ५५ दशमलव ९७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ४० दशमलव २३ अंकले बढेर ११ हजार चार सय ८२ दशमलव ३१ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि चार सय ४३ दशमलव ४३ अंकले बढेर १६ हजार सात सय ८२ दशमलव ९७ अंकमा पुग्दा, जलबिद्युत, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकहरु पनि बढेका छन ।

आज सर्पोट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १५ सय १८ रुपैयाँमा कारोवार हुँदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ७० प्रतिशतले घटेर छ सय ९६ रुपैयाँमा कारोवार भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता २९ सय आठ रुपैयाँ अन्तिम मूल्यमा ५३ करोड ३३ लाख १२ हजार चार सय २१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया