शुक्रबार, वैशाख ७, २०८१

नेप्से २३ अंकले घट्दा चार अर्ब ७५ करोडको सेयर कारोबार

नेपालखोज २०७७ फागुन २५ गते १६:१५

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबै नै घटेका छन । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से २३ दशमलव २२ अंकले घटेर २४ सय ६१ दशमलव ८८ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४७ अंकले घटेर चार सय ४५ दशमलव २१ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय १० वटा कम्पनीहरुको ५२ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड २४ लाख ८२ हजार जार सय २८ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब ७५ करोड २७ लाख आठ हजार एक सय ४७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ७७ अंकले १७ सय ७३ दशमलव ९४ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव सात अंकले घटेर १२ हजार पाँच सय ७० दशमलव ८१ अंकमा झरेको छ । बिकास बैंक, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र लगानी समुहको सुचकहरु पनि घटेका छन । होटल तथा पर्यटन समुहको सुचक भने आज ६८ दशमलव ११ अंकले बढेर २३ सय ५२ दशमलव ९४ अंकमा चढेकोमा जलबिद्युुत र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन ।

आज हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिशतले बढेर तीन सय ५३ रुपैयाँमा कारोवार हुंदा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव १८ प्रतिशतले घटेर १८ सय ३० रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २६ सय २२ रुपैयाँ अन्तिम मुल्यमा ६५ करोड ३५ लाख ४१ हजार आठ सय ८७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया