शुक्रबार, चैत १६, २०८०

नेपाल इन्भेष्टमेन्ट बैंकको छ महिनाको नाफा एक अर्ब ५८ करोड

नेपालखोज २०७७ माघ ८ गते १७:२१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड ६६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब एक करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा बितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको बैंकमा चार दशमलव १४ प्रतिसतको स्प्रेड दर रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब आठ करोड २० लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब छ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९० प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव १६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया